वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज भएको भेटमा नीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श हुनाका साथै नेपाल-संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।
राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलोपटक भेटवार्ता गरेका हुन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij