Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अवैध भित्रिएको सामान बरामद गर्दा भएको झडपमा दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

अवैध भित्रिएको सामान बरामद गर्दा भएको झडपमा दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

  • 307
    SHARES
  • अवैध भित्रिएको सामान बरामद गर्दा भएको झडपमा दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

    काठमाडौं । बाँके जिल्लाको नेपालगंंजमा बिहीबार राति सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा दुई जना सशस्त्र प्रहरी र एक जना स्थानीय घाइते भएका छन् । 

    नेपालगंज उपमहानगरपालिका–१६ चौलिका चोकबाट राति साढे नौ बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले भारतबाट चोरीपैठारी गरि ल्याएको विभिन्न सामान बरामद गरेको थियो । 

    पुरै भंसार नतिरी ल्याएका हार्डवयरका सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । भंसार छलेर ल्याएका सामान बरामद गरेपछि फिर्ता पाउनु पर्ने माग गर्दै सयभन्दा बढी मानिस जमम भएर ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेपछि झडप भएको हो । 

    सशस्त्र प्रहरीमाथि हुलहुज्जत हुन थालेपछि मद्दतका लागि सोही गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गरेर स्थिति नियन्त्रणमा लिएका थिए । तर अबैध रुपमा सामान ल्याउने व्यक्तिहरु पुनः रातको १०ः३० बजे सो स्थानमा आएर ड्युटीमा रहेको सशस्त्र प्रहरी माथि एक्कासी ढुंगामुढा प्रहार गर्न थाले । भागदौडका क्रममा नेपालगंज–१४ बस्ने १८ बर्षिय जहित हसमित सामान्य घाइते भएका छन् । 

    ढुंगामुढा हुँदा नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार वेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन् । यस्तै ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुग्नुको साथै केही अन्य साधनहरुमा समेत क्षति पुगेको छ । 

    सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो । बरामद सामान भंसार बुझाइने क्रममा रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij