Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आकाशमा उडिरहेको जेट विमानमा इन्धन हालियो

आकाशमा उडिरहेको जेट विमानमा इन्धन हालियो

  • भाद्र १७, २०८० आइतवार १६:५३ बजे
  • 321
    SHARES
  • आकाशमा उडिरहेको जेट विमानमा इन्धन हालियो

    कायरो । भारतीय वायु सेनाको विमानले आकाशमा उडिरहेको इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । 

    ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा शुक्रबार इन्धन भरेको हो । ‘इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,’ भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी आगामी तीनसाता इजिप्टमा रहने जनाउँदै सामाजिक सञ्जालमा भनेको छ ।

    यसैबीच, भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले उक्त द्विवार्षिकी बहुपक्षीय अभ्यासमा वासुसेनाका एक सय ५० जना कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ । 

    ब्राइटस्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएका रक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

  • सम्बन्धित विषय:

  • # विमान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij