Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भ्रष्टाचार अभियोगमा प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर   

  • 252
    SHARES
  • भ्रष्टाचार अभियोगमा प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर   

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार सो गाउँपालिका-२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

    निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं-२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij