Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन

जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन

  • 242
    SHARES
  • जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन

    म्याग्दी । जोमसोम-पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो ।

    जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले आज तीनवटा उडान भरेको जानकारी दिए ।

    उनले भने, ‘मौसममा सुुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो । निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ ।’

    तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुुईजना आन्तरिक पर्यटक मुुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ ।

    बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिराका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।

    सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो । हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

    आर्थिक वर्ष २०७९/८० मा ७१ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

    केही दिनयता बेनी-जोमसोम सडकमा पनि नियमित यातायात सञ्चालन भइरहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij