Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एक विकेट गुमाउँदै नेपालले ६५ रन बनायो

एक विकेट गुमाउँदै नेपालले ६५ रन बनायो

  • 208
    SHARES
  • एक विकेट गुमाउँदै नेपालले ६५ रन बनायो

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

    श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रंगशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ ।

    नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए ।

    उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए । अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij