Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

५८ रन बनाएर आसिफ आउट

५८ रन बनाएर आसिफ आउट

  • 188
    SHARES
  • ५८ रन बनाएर आसिफ आउट

    काठमाडौं । पहिलोपटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ । २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको हो ।

    श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रंगशालामा अहिले भइरहेको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा आसिफ शेखलाई गुमाएको हो । आशिफ खेलको २९ दशमलव ५ ओभरमा आउट भएका हुन । उनले ९७ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाए ।

    नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij