Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कस्ताे रहला आज दिनभरकाे माैसम ?

कस्ताे रहला आज दिनभरकाे माैसम ?

  • 168
    SHARES
  • कस्ताे रहला  आज दिनभरकाे माैसम ?

    काठमाडौं । जल तथा मौसम विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भाग, सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

    साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले उल्लेख गरेको छ ।

    हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा मौसम सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

    आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बुधबार राती देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश लगायत पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # माैसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij