Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

उदयपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै

उदयपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै

  • 364
    SHARES
  • उदयपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै

    उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको संक्रमण देखा पर्न थालेको छ।

    जिल्लामा भदौको पहिलो साता एकजनामा संक्रमण देखिएसँगै अहिले दैनिक बिरामीको संख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।

    भदौको पहिलो साता पहिलोपटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाले जानकारी दिए । उनका अनुसार पछिल्लो केही दिनयता बिरामीको संख्या दैनिक वृद्धि हुँदै गइरहेको छ ।

    अस्पतालका फिजिसिएन डा.राहुल रैनियारका अनुसार अहिले नयाँ भाइरसका रुपमा देखिएको स्क्रब टाइफसको उपचारका लागि दैनिक पाँचदेखि दश जनासम्म बिरामी अस्पताल आउने गरेका छन ।

    सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाम्रा देखा पर्नेलगायत रहेको डा.रैनियारले बताए । हाल यसको संक्रमण जिल्लाको त्रियुगा र बेलका नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाका केही भागमा देखा पर्न थालेको जिल्ला अस्पताल उदयपुरका चिकित्सकले बताएका छन ।

    साउनको पहिलो सातादेखि डेंगु देखा परेको थियो भने साउनको दोस्रो सातादेखि जिल्लामा आँखा पाक्ने रोगको संक्रमण फैलिएको अस्पतालका प्रमुख झाले जानकारी दिए । ‘स्क्रब टाइफस ब्याक्टेरिया माइड नामको जीवाणु वा एक प्रकारको जुम्राबाट सर्ने रोग हो’, अस्पताल प्रमुख झाले भने ।

    उदयपुरमा हाल डेंगु, मौसमी र भाइरल ज्वरोका साथै आँखा पाक्ने संक्रमण न्यून हुँदै गइरहेको बेला स्क्रब टाइफसको संक्रमण देखा परेको चिकित्सकको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij