Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ताप्लेजुङमा मेयर र अध्यक्ष कप प्रतियोगिता हुने

ताप्लेजुङमा मेयर र अध्यक्ष कप प्रतियोगिता हुने

  • फाल्गुण २०, २०७७ बिहिवार १२:१८ बजे
  • 804
    SHARES
  • ताप्लेजुङमा मेयर र अध्यक्ष कप प्रतियोगिता हुने

    फुङलिङ । फुङलिङ नगरपालिकाले मेयर कप तथा सिरिजंघा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजंघाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । 

    यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजंघाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । गाउँपालिकाका आठ वडामा आठ खेलाडीले सहभागी बन्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजारका साथ रनिङ कप, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुने टोलीलाई २० हजार र सान्त्वना पुरस्कारवापत १० हजार  प्रदान गर्ने उनले बताए ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उदयीमान खेलाडीलाई तीन हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजारले पुरस्कृत प्रदान गर्ने पालिकाले जनाएको छ । वडास्तरमा गरिने खेलाडी छनोटमा आवश्यक व्यवस्थापन गर्न प्रतिवडामा २५ हजारका दरले रकम उपलब्ध गराइने जनाइएको छ । 

    यही १३ देखि १५ चैतसम्म फुङ्लिङमा मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फुङ्लिङ उपप्रमुखले बमबहादुर भट्टराईले  प्रतियोगिताका विजेताले रु दुई लाख २१ हजार १०० का साथ रनिङ कप पाउने जानकारी दिए । उपविजेता टोलीले एक लाख ११ हजार १०० का साथ कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजारसहित कप प्रदान गरिने छ । 

  • सम्बन्धित विषय:

  • # ताप्लेजुङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij