Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

६ जना मृत फेला

६ जना मृत फेला

  • 219
    SHARES
  • ६ जना मृत फेला

    काठमाडौं । देशभरका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका-४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका-१ जिप्ली बस्ने ६० वर्षीय बर्म बिष्ट मृत अवस्थामा फेला परेका हुन् ।

    यसैगगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१६ डक्रैनास्थित मलवारे कुलोमा सोही उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय गोविन्द भण्डारी ण्मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    मोरङ, केराबारी गाउँपालिका-१० बस्ने ६० वर्षीय दिलकुमार याख्खा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरस्थित वडा कार्यालय नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

    सर्लाही, इश्वरपुर नगरपालिका-१४ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

    बागलुङ, गलकोट नगरपालिका-७ बामिया बस्ने ज्ञान बहादुर खड्काको घर पछाडी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # मृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij