Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विवाद समाधानको लागि मलंगवामा सर्वपक्षीय सद्‍भाव र्‍याली

विवाद समाधानको लागि मलंगवामा सर्वपक्षीय सद्‍भाव र्‍याली

  • 512
    SHARES
  • विवाद समाधानको लागि मलंगवामा सर्वपक्षीय सद्‍भाव र्‍याली

    सर्लाही । सर्लाही सदरनुकाम मलंगवामा  कृष्णजन्माष्टमी पूजाको दिन मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच उत्पन्नतनाव शान्त पार्ने प्रयास भएको छ ।

    दुई समुदायबीचको विवाद मिलाउन सर्लाही सदरमुकाम मलंगवामा आइतबार सर्वपक्षीय सद्‍भाव र्‍याली निकालिएको छ । धार्मिक तथा सामाजिक सहिष्णुताका लागि सर्वपक्षीय सद्‍भाव र्‍याली निकालिएको हो ।

    सर्वपक्षीय सद्‍भाव र्‍याली मलंगवाको नगर परिक्रमा गरी सहिद चोकमा कोणसभामा परिणत भएको थियो ।

    सर्वपक्षीय बैठकले जारी विवाद समाधानका लागि दुवै समुदायका अगुवाले आ-आफ्नो समुदायलाई संयमता अपनाउन पहल गर्ने, आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाहीका लागि सबैले सहयोग गर्ने, शुक्रबारदेखि लगातार तीन दिन भएको घटना व्यवस्थापनको सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने, सोही प्रतिवेदन बमोजिम कानुनी कारबाही अगाडि बढाउने निर्णय पनि गरेको छ ।

    उच्छृंखल गतिविधिको आरोपमा पक्राउ परेका ११ जनालाई सबै पक्षको सहमतिमा छाडिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij