मुकेश झा
सर्लाही । सर्लाही जिल्लाको धनकौल-४ महिनाथपुर घर भएका २८ बर्षीय पत्रकार अभिषेक यादवको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ ।
बाग्मतीमा भएको नेकपा माओवादी केन्द्र निकट दलित संगठनको प्रदेश भेलाको रिपोर्टिङ गरेर शनिबार घर फर्किने क्रममा बरहथवा ८ टाँडी, गर्जाहा पुलमा यादव सवार मोटरसाइकल दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेको थियो ।
यादवलाई उपचारका लागि एलएस न्युरो अस्पताल कलैयामा भर्ना गरिएकोमा उपचारकै क्रममा आइतबार निधन भएको ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
यादव सवार मधेश प्रदेश ०३-०२८ प ७४९६ नम्बरको मोटरसाईकलसँग बिपरित दिशाबाट तीब्र गतिमा आउँदै गरेको बिआर ३० एक्स ८९८८ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकल ठोक्किएको थियो ।
यादव प्रेस सेन्टर जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हुन । उनी जिल्लाका बिभिन्न रेडियोमा क्रिकेट प्रतियोगीताका बेला कमेन्ट्रि गर्थे भने विभिन्न अनलाईन तथा पत्रिकामा रिपोर्टिङ गर्थे ।
यादव सवार मोटरसाइकललाई ठक्कर दिने भारतिय नम्बर प्लेटको सवारी चालक बरहथवा १७ का ३७ बर्षीय रामजनक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका चौधरीको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij