Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

मृत गैँडाको खाग भेटिएन

मृत गैँडाको खाग भेटिएन

  • 343
    SHARES
  • मृत गैँडाको खाग भेटिएन

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन । निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशंका गरिएको छ । वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन । एउटा खुर र खाग नभेटिएपछि चोरीशिकारीले गैँडा मारिएको आशंका गरिएको छ ।

    गैंडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । गैँडाको कङ्काल मात्रै भएकाले लिंग र उमेर पहिचान हुन सकेको छैन ।

    तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुन सक्ने आशंका गरे ।  सूचना अधिकारी तिवारीले भने, ‘खाग नभेटिएपछि चोरी शिकारको आशंकामा अनुसन्धान अघि बढाएका छौँ ।’

    गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारी गर्नेले मारेका थिए । सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

    चालु आर्थिक वर्षमा यो सहित अर्को एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ । वर्षात्को समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरीशिकार हुन सक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij