Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराती

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराती

  • 262
    SHARES
  • आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुलुकमा व्याप्त विसंगतिहरूलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरूबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् ।

    नेपालका बौद्ध तीर्थस्थलहरू’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरू राजीनामा गर्ने बताए ।

    उनले भने, ‘पटक पटकको घेराबन्दी तोडेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ ।’

    बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू, बोधिसत्वसँग सम्बन्धित तीर्थस्थलहरू र बज्रयान सम्बन्धित तीर्थस्थलहरू गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो ।

    नेपाली तथा तिब्बती भाषामा निकालिएका दुबै प्रति पुस्तकको थेरवाद, महायान र बज्रयानका धर्मगुरूहरूको उपस्थितिमा लोकार्पण गरिएको हो ।

    गुरू लोसाङ नाम्ग्याल रिम्पोछेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रो. सुमन्तराज न्यौपाने तथा इन्टरनेशनल बुद्धिष्ट एकेडेमीका खेन्पो डा. ङवाङ ज्योरदेनले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij