Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

नेपाल म्यानमारसँग पराजित

नेपाल म्यानमारसँग पराजित

  • 86
    SHARES
  • नेपाल म्यानमारसँग पराजित

    काठमाडौं । म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

    images

    म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १-० गोलअन्तरले पराजित भएको हो ।

    म्यानमारका लागि  विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो ।

    विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो ।

    यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । नेपालले विश्वकप छनोटमा लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ ।

    नेपालले पहिलो खेल अक्टोबर १२ तारिखमा खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ तारिखमा हुनेछ । 

  • सम्बन्धित विषय:

  • # नेपाल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology