Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सरकार र विप्लवबीच भएको सहमतिको मालेद्वारा स्वागत

सरकार र विप्लवबीच भएको सहमतिको मालेद्वारा स्वागत

  • फाल्गुण २०, २०७७ बिहिवार १२:२४ बजे
  • 529
    SHARES
  • सरकार र विप्लवबीच भएको सहमतिको मालेद्वारा स्वागत

    काठमाडाैं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको सीपी मैनाली नेतृत्वको नेकपा मालेले स्वागत गरेको छ । 

    ‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको विवरण चाँडै सार्वजनिक हुने विषयबारे पार्टी प्रतिक्षारत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

     यसैबीच सो पार्टीले मंगलबारका ताप्लेजुङमा भएको आगलागीको घटनाप्रति पनि दुःख व्यक्त गरेको छ ।  

     

  • सम्बन्धित विषय:

  • # माले

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij