Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

आत्मबल बलियो भए काेराेना जितिन्छ [भिडियो अन्तर्वार्ता]

आत्मबल बलियो भए काेराेना जितिन्छ [भिडियो अन्तर्वार्ता]

  • 642
    SHARES
  • आत्मबल बलियो भए काेराेना जितिन्छ [भिडियो अन्तर्वार्ता]

    कोरोना भाइरस संक्रमणको दोस्रो लहरले नेपालमा निकै जटिल अवस्था पैदा भयो । दिनहुँ नौ हजारभन्दा बढी बिरामी थपिन थालेपछि अस्पतालमा बेड पाउन कठिन अवस्था थियो । दोस्रो लहरका अधिकांश बिरामीलाई अक्सिजन र आइसियू चाहिने भएकाले हाहाकार नै मच्चिएको थियो । त्यही बेला सर्लाहीको बरहथवा नगरपालिका-११ स्थित घरमै बिरामी परेका वीरेन्द्र साह संक्रमणले सताउन थालेपछि एक्लै एम्बुलेन्समा उपचारका लागि काठमाडौं आइपुगे । साहसँग बिरामी हुँदाको अवस्था, अस्पताल भर्ना हुनका लागि भोगेको कठिनाइ, अस्पताल बसाइको क्षण र निको भइसकेपछिको अनुभवबारे वेबटिभी खबरले गरेको कुराकानीको सम्पादित अंशः 

    तपाईंले आफू कोरोना संक्रमित भएको कसरी थाहा पाउनु भयो ?

    म सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर ११ मा पर्ने आफ्नै गाउँमा थिएँ । गाउँमा एक्लै बस्थें, मलाई त्यहीँ कोरोना भएको रहेछ । तर, मलाई त्यसबेला थाहा थिएन । बिरामी परेर केही दिन गाउँमै उपचार गराएँ । कुनै सुधार नभएपछि काठमाडौं बस्ने परिवारका सदस्यले तुरुन्त आउन भनेकाले जेठ ३ गते आएर परीक्षण गराउँदा कोरोना भएको थाहा पाएँ । 

    मेरो छोरी विएस्सी नर्सीङ पढ्दै गरेकाले पनि मलाई अझ सजह भयो । उसले उपचारको लाइनको कुरा बुझ्थिन । छोरीलाई पढाएकोमा मलाई अहिले गर्व लाग्छ । सबैलाई म आग्रह गर्छु, आफ्नो सन्तालाई भेदभाव नगरी पढाउनु होला । मैले छोरीलाई नपढाएको भए मेरो अवस्था के हुन्थ्यो यसै भन्न सक्दिनँ ।

    उपचारको लागि कसरी काठमाडौं आइपुग्नु भयो ?

    ज्वरो आउने र खोकी लाग्ने भइरहेको थियो । गाउँमै डाक्टरलाई देखाएर ज्वरो र खोकीको औषधि खाएँ । तर कुनै सुधार भएन । दम बढ्ने, ज्वरो र खोकी लगातार भए पनि कोरोना नै भएको भन्ने भने सोचेको थिइनँ । रोगले च्याप्दै गएपछि एम्बुलेन्समा काठमाडौं आए । 

    एम्बुलेन्समा काठमाडौं आउँदा कस्तो अवस्था थियो ? 

    घरबाट काठमाडौं हिड्दा मेरो अवस्था गम्भीर थियो । त्यसबेला कोरोनाको डरले साथी पनि नपाइने अवस्था थियो । त्यसैले एम्बुलेन्समा एक्लै आएँ । काठमाडौंमा मेरो श्रीमती र छोरीहरूले बस्ने भएकाले हिम्मत गरेर एक्लै आएको थिएँ ।
     
    कोरोना भाइरस संक्रमणले कत्तिको सताउँदो रहेछ ? 

    सर्वप्रथम त यो रोग कसैलाई नलागोस् भन्न चाहान्छु । श्वासप्रश्वास नै रोएिकोजस्तो । न श्वास लिन सकिन्छ न फ्याल्न सकिन्छ । छटपट कस्तो भने कुनै खसीलाई काट्दा जसरी छटपटाउँछ त्यसैगरि म छटपटिरहेको थिएँ । शरीर कस्तो अवस्थामा छ भन्ने थाहा नै हुँदैन । यस्तो अवस्था थियो कि अब बाँच्दिन जस्तो सोच आउने । सासै लिन नसकेपछि के गर्नु । होस नै नहुनेस्थिति थियो । 

    पहिलो कुरा कोरोना कसैलाई नहोस् । कसैगरी भइहालेमा आत्मबललाई बलियो बनाउनु होला । यो रोग लाग्दैमा मरिहाल्ने भन्ने हुन्न । मेरै अवस्था हेर्नुस् न ! म आफैं गम्भीर बिरामी थिएँ तर अहिले निको भएर एकदम ठिक छु ।

    त्यसबेला अस्पतालमा बेड पाउन कठिन थियो । कसरी पाउनु भयो ?

    मलाई कोरोना संक्रमण भएको बेला नेपालमा दोस्रो लहर चलिरहेको थियो । तर मेरो कोभिड परीक्षण भइनसकेकोले मलाई कोरोना भएको हो कि हैन भन्ने थाहा थिएन । टाइफाइड र खोकी भन्ने थियो । अस्पतालको लागि सयौं अस्पतालमा फोन गरिएको थियो तर बेड पाउनै मुस्किल थियो । मेरो घरमा तीनवटा छोरी र श्रीमती साथमा थिए ।

    मेरो ठूलो छोरी विनिताले कान्तिपुर अस्पतालमा बेड भएको खबर पाइन् र त्यहाँ गयौं ।  अस्पताल गइसकेपछि आफ्नो अक्सिजन लेवल ७२ रहेको थाहा पाएँ । त्यसबेला अक्सिजनको पनि कतै नपाइने बेला थियो । अस्पतालले अक्सिजनको जोहो आफैं गर्न भनिरहेको थियो । अस्पतालले यस्तो अवस्थामा मेरो उपचार गर्दैन र यहाँ राख्दैन होला भन्ने लाग्यो । त्यसपछि मलाई केही थाहा भएन । अस्पतालले अक्सिजन जुटाउन सक्दैनौं भन्यो । त्यसपछि मेरो छोरीले मलाई कहाँ, कुन ठाउँमा लगिन् मलाई केही थाहा नै भएन । कान्तिपुरले उपचार गर्न सक्दैनौं भनेपछि अस्पताल खोज्दै जाँदा नर्भिकमा बेड पाएर मलाई छोरीले त्यहाँ लगिछिन् । नर्भिकमा अक्सिजन लगाएको ५/६ घण्टामा होस आयो । 

    ठिक हुन कति दिन लाग्यो ?

    अस्पताल भर्ना भएको २३ दिनमा निको भएर डिस्चार्ज भएँ । २२ दिन अस्पतालमा बसें । त्यसबीचमा ६ दिन आइसियूमा बस्नुपर्यो । भेन्टिलेटरको खाँचो परेन । 

    शारिरीक रूपमा कठिन अवस्थाबाट त गुज्रिनु भयो । कोभिडको उपचार कत्तिको खर्चिलो भयो ?

    शारिरीक रूपमा कष्टकर र अलि बढी बिरामी भएकालाई उपचार पनि निकै खर्चिलो हुने रहेछ । पछि थाहा पाएअनुसार करिब १८ लाख खर्च भएछ ।
     
    उपचारको समयमा चिकित्सकको व्यवहार कस्तो पाउनु भयो ?

    डाक्टर त समय समयमा आउनु हुन्थ्यो । स्वास्थ्य परीक्षण गरेर जानुहुन्थो । तर नर्सहरूको व्यवहारले मलाई ठिक हुन धेरै मद्दत गर्यो । नर्सले गरेको व्यवहारलाई बिरामीलाई निको हुन बल पुग्छ । नर्सले जति बिरामीको ख्याल अरू कसैले गर्दैनन् । नर्सलाई धेरै नै बफादार पाएँ । खाना खुवाउनेदेखि लिएर सबै कुरामा नर्सले सहयोग गर्ने । डाक्टरको व्यवहार राम्रो नै थियो तर त्यो भन्दा बढी नर्सको व्यवहार, बोली साह्रै नै राम्रो थियो । 

    नर्सले गरेको व्यवहारलाई बिरामीलाई निको हुन बल पुग्छ । नर्सले जति बिरामीको ख्याल अरू कसैले गर्दैन । डाक्टरको व्यवहार राम्रो नै थियो तर त्यो भन्दा बढी नर्सको व्यवहार, बोली साह्रै नै राम्रो थियो । 

    अस्पतालमा नर्सको संख्या पर्याप्त थियो ?

    अस्पतालमा नर्सको संख्या भने पर्याप्त थिएन । एक जनाले ५ जना सम्मलाई हेर्थे । मैले अतिरिक्त पैसा तिरेर नर्स राखेको थिएँ । व्यक्तिगत नर्स राखेपछि धेरै नै सहयोग हुन्छ । अस्पतालका नर्सले सबै बिरामीलाई हेर्न समय नै पुग्दैन थियो । तर उनीहरूले सक्दो सहयोग गरिरहेका हुन्थे । मैले अस्पताल बस्दा व्यक्तिगत नर्स राख्नका लागि २४ घण्टाको ५ हजारका दरले तिरें । 

    उपचारको कति दिनपछि अब म ठिक हुन्छु भन्ने लाग्यो ?

    मलाई आइसियूबाट वार्डमा सारिएपछि अब चाँही कोरोना संक्रमणबाट बाच्छु भन्ने लाग्यो । 

    कोरोना संक्रमणमुक्त भइसकेपछि अरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

    पहिलो कुरा कोरोना कसैलाई नहोस् । कसैगरी भइहालेमा आत्मबललाई बलियो बनाउनु होला । यो रोग लाग्दैमा मरिहाल्ने भन्ने हुन्न । मेरै अवस्था हेर्नुस् न ! म आफैं गम्भीर बिरामी थिएँ तर अहिले निको भएर एकदम ठिक छु । म बाँच्छु भन्ने विश्वास चाँही मनमा हुनुपर्छ । आँखा अगाडि अरूको मृत्यु भएको देख्दा डर लाग्छ तर आत्मविश्वासलाई बलियो पारेर बस्नुपर्छ । 

    अर्काे कुरा अस्पतालमा जाँदा आफ्नो मान्छे साथमा राख्नुपर्ने रहेछ । कोभिडका बिरामीलाई अस्पतालको जिम्मामा मात्र छाड्ने ठिक होइन् । अस्पतालको मात्र भरमा पर्नु हुँदैन् । सबैभन्दा मुख्य कुरा सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पालना गरेमा यो रोग नै लाग्दैन । यो रोग लागिसकेपछि शारिरीक रूपमा धेरै पीडा हुन्छ । त्यसैले मलाई केही हुँदैन भनेर जनस्वास्थ्यका प्रावधानलाई नटेर्ने गर्नु हुँदैन ।

    जनस्वास्थ्यको पालना आफ्नै लागि हो त्यसैले अटेरी नर्गनु होला । सामाजिक दुरी कायम गर्ने, खानपानमा विशेष ध्यान दिने, मास्क लगाउने तथा हातको सरसफाईमा ध्यान दिएमा यो रोग लाग्दैन । आत्तिहाल्नु पर्ने अवस्था छैन तर जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । 

    सर्वप्रथम त यो रोग कसैलाई नलागोस् भन्न चाहान्छु । श्वासप्रश्वास नै रोएिकोजस्तो । न श्वास लिन सकिन्छ न फ्याल्न सकिन्छ । छटपट कस्तो भने कुनै खसीलाई काट्दा जसरी छटपटाउँछ त्यसैगरि म छटपटिरहेको थिएँ ।

    बिरामी आफैंले के-के मा ध्यान दिनुपर्छ ?

    अस्पतालमा हुँदा बिरामीले पनि सकेसम्म अक्सिजन खुल्ला, बन्द के छ हेर्नुपर्छ । डाक्टर र नर्स आए गएको जानकारी राख्नुपर्छ । औषधि नियमित लिनुपर्छ । आफ्नो वरिपरी कोही नहुँदा बेडको छेउमा राखिएको स्विच थिचेर चिकित्सकलाई बाेलाउन सकिन्छ । कहिले काहिँ बोल्न नसक्ने अवस्था हुन्छ त्यो बेला त्यो स्विचको प्रयोग गर्न सकिन्छ ।

    सबैभन्दा महत्वपूर्ण कुरा अस्पताल बस्दा पनि कुरुवा आफ्नो मान्छे हुनुले निकै ढाडस दिँदो रहेछ । आफ्नो मान्छे छैन भने सबै थोक हुँदाहुँदै पनि मान्छेलाई गाह्रो पर्न सक्छ । मेरो छोरी कुरुवा बसेकाले मेरो हिम्मत जहिले पनि कायम रह्यो । मलाई केही जरुरी परेमा छोरीलाई खबर गर्नासाथ आइहाल्छ भन्ने हुन्थ्यो । फेरि डाक्टरहरूसँग पनि छोरीले मेरो अवस्थाबारे जानकारी लिइरहन्थिन् । त्यसले गर्दा मलाई निकै ढुक्क थियो । 

    मेरो छोरी विएस्सी नर्सिङ पढ्दै गरेकाले पनि मलाई अझ सजह भयो । उसले उपचारको लाइनको कुरा बुझ्थिन । छोरीलाई पढाएकोमा मलाई अहिले गर्व लाग्छ । सबैलाई म आग्रह गर्छु, आफ्नो सन्तालाई भेदभाव नगरी पढाउनु होला । मैले छोरीलाई नपढाएको भए मेरो अवस्था के हुन्थ्यो यसै भन्न सक्दिनँ । 

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology