Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

कृषि क्षेत्रको विकासमा प्रदेश सरकारले साथ दिन्छ : मुख्यमन्त्री जमकट्टेल

कृषि क्षेत्रको विकासमा प्रदेश सरकारले साथ दिन्छ : मुख्यमन्त्री जमकट्टेल

  • 72
    SHARES
  • कृषि क्षेत्रको विकासमा प्रदेश सरकारले साथ दिन्छ : मुख्यमन्त्री जमकट्टेल

    हेटौंडा । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताएका छन ।

    images

    आज मकवानपुरगढी गाउँपालिका-५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यासका अवसरमा मुख्यमन्त्री जमकट्टेलले कृषि र पशुसम्बन्धी तालिम र व्यावसायिक काममा प्रदेश सरकारको पनि सहयोग रहने बताएका हुन ।

    मन्त्री जमकट्टेलले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक कृषिजन्य सामग्री तथा अन्य सहयोग गर्न तयार रहेको बताए । मानव बेचबिखनमा परेका महिलालाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्न लागेकोमा उनले धन्यवाद समेत व्यक्त गरे ।

    उनले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको जनाए । माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्यहरु इन्द्रबहादुर बानियाँ, कञ्चन बादे, एकालाल श्रेष्ठ, द कोकाकोला फाउन्डेसनका प्रतिनिधि आदित्य पाण्डा, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

    द कोकाकोला फाउन्डेसनको क्रमागत आर्थिक सहयोगमा यसवर्ष एक करोड ९० लाख लगानीमा महिला होस्टेल, तालिम हल र २० वटा गाई अट्ने गोठ निर्माण गरिने कार्यक्रम प्रबन्धक रामशरण पौडेलले बताए ।

    सुकौरा एग्रो प्रालिको नाममा रहेको ६५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन निःशुल्क भाडामा लिएर माछापालन, कुखुरा, बङ्गुर, गाईभैँसी, तरकारी खेती गर्ने लक्ष्य लिइएको पौडेलको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology