वेबटिभी खबर
काठमाडौं । जनमत पार्टीले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।
उनले भने, ‘संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको असामयिक निधन भएको हुँदा उनीप्रति जनमत परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । तथा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।’
सो पार्टीका केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij