वेबटिभी खबर
काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।
सोमबार राति निधन भएका नेम्वाङ्को शव श्रद्धाञ्जलीका लागि दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखेर बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।
उनको अन्त्येष्टिअघि बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा हुनेछ ।
एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टले आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिने जानकारी दिए ।
उनको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज शोक बिदासमेत दिइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij