वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्व प्रसिद्ध टाइम म्यागेजिनको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल भएका छन्।
हरेक वर्ष टाइम म्यागेजिनले सार्वजनिक गर्ने ‘वर्ष सय’ व्यक्तिहरूको सूचीमा मेयर शाह पनि परेका छन्।
सन् २०२३ को सूचीमा मेयर शाह उदीयमान नेताहरू तर्फ १५ औँ स्थानमा परेका छन्। वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई समावेश गरेको हो।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij