Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने

  • 90
    SHARES
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने

    चितवन । धुर्मुस-सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ ।

    images

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी छन । आज नारायणी किनारमा भएको सरसफाई तथा वृक्षरोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै जसरी भए पनि रंगाशाला बनाउने बताएकी हुन ।

    नगरप्रमुख दाहालले भनिन्, ‘हामीलाई पटक-पटक जनस्तरबाट खबरदारी भएको छ, रंगशाला के हुँदैछ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।’

    सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनले बताइन् । नगरप्रमुख दाहालले भनिन्, ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा तपाइँहरु ढुक्क रहनुस् ।’

    रंगशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उनले आश्वासन दिलाइन ।

    रंगशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौँ बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्घ ढंगले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ ।

    उनले रंगशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बाग्मती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology