Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

के खाना खाएपछि हिड्नु राम्रो हो ? कति हिड्नु स्वास्थ्यका लागि उपयुक्त ?

के खाना खाएपछि हिड्नु राम्रो हो ? कति हिड्नु स्वास्थ्यका लागि उपयुक्त ?

  • 131
    SHARES
  • के खाना खाएपछि हिड्नु राम्रो हो ? कति हिड्नु स्वास्थ्यका लागि उपयुक्त ?

    काठमाडौं । आजकल मानिसहरू आफ्नो सुन्दर शरीर र स्वास्थ्यलाई लिएर लिएर धेरै सचेत भएका छन् । स्वस्थ रहन खानपानका साथसाथै मानिसहरू शारीरिक क्रियाकलापमा पनि विशेष ध्यान दिन्छन् ।

    images

    कोही फिट रहन जिम जान्छन् भने कोही पैदल हिँडेर शारीरिक रूपमा सक्रिय रहन्छन् । हिड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर कति हिड्ने, कुन बेलामा हिड्नेजस्ता कुराहरू जानकारीमा राख्दा हिड्नुको फाइदा बढी उठाउन सकिन्छ ।

    स्वस्थ रहनका लागि स्वस्थ खानपानसँगै शारीरिक क्रियाकलाप पनि निकै महत्वपूर्ण हुन्छ । आजकल मानिसहरु आफूलाई फिट राख्न जिमको सहारा लिन्छन् भने कोही हिँडेर आफूलाई सक्रिय राख्छन् ।

    हिड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । धेरै अध्ययनहरूले हिड्नुलाई स्वास्थ्यको लागि फाइदाजनक छ भन्ने तथ्यलाई समर्थन गर्दछ ।

    हिड्नु कम नकारात्मक प्रभाव भएको एरोबिक गतिविधि हो । यसले तौलमा सन्तुलन कायम राख्नुका साथै मांसपेशी विकास गर्न, र हृदयको फिटनेस सुधार गर्न मद्दत गर्दछ ।

    कुनै पनि व्यक्तिले हिड्नुलाई आफ्नो नियमित दिनचर्याको एक भाग बनाउनु उचित हुन्छ । आफूलाई स्वस्थ राख्न दैनिक ३० देखि ४० मिनेट हिड्नु उपयुक्त हुन्छ । खाना खाएपछि पनि हिड्न सकिन्छ जसले खाना पचाउन मद्दत गर्नुका साथै रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्छ । तनावमा भएका बेला पनि हिड्नु राम्रो हुन्छ । हिडाईले मानसिक स्वास्थ्यलाई पनि बलियो बनाउँछ ।

    खाना खाएपछि हिड्नुका धेरै फाइदाहरु छन् । खाना खाइसकेपछि छिटोछिटो हिँड्दा पेट र आन्द्रामा रक्तसञ्चार बढाएर पाचन प्रक्रियामा मद्दत पुग्छ। छिटो खाना पच्ने र पेट फुल्न समस्या यसले रोकिन्छ । मधुमेहका बिरामीले खाना पछि हिड्नु निकै लाभदायक हुन्छ ।

    सकेसम्म हरेक दिन हिड्न चिकित्सकले सुझाव दिन्छन । दैनिक ३० मिनेट तीव्र वा मध्यम गतिमा हिड्ने लक्ष्य बनाउनु उचित हुन्छ । सकेसम्म तीब्र गतिमा हिड्नु बढी उपयोगी हुन्छ ।

    तोल घटाउने चाहना हो, मुटुलाई स्वस्थ राख्ने हो र शरीलाई फिट राख्ने लक्ष्य हो भने अझै बढी हिड्नु उपयुक्त हुन्छ । यसमा हिड्ने समय र तीब्रता बढाउँदा प्रभावकारी हुन्छ । 

    धेरै हिँड्दाका बेफाइदा

    हिड्नु सामान्यतया कम जोखिम र सुरक्षित प्रकारको व्यायाम हो । धेरै बढी हिँड्नुका नकारात्मक प्रभाव पनि हुन सक्छन् । हिँड्दा लगाउने जुत्ताहरु राम्रो हुनु जरुरी छ । आवश्यकभन्दा बढी हिँड्दा जोर्नीहरू, विशेष गरी घुँडा र कम्मर दुख्ने, असहज महशुस हुने र थाक्ने हुन्छ । 

    जसले समग्र गतिशीलतालाई असर गर्छ। यस्तो अवस्थामा कुनै पनि नकारात्मकताबाट बच्न हिँड्ने समय र गतिबीच सन्तुलन कायम गर्न जरुरी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology