Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

गैरसरकारी संस्थाका १८ जना कर्मचारी पक्राउ

गैरसरकारी संस्थाका १८ जना कर्मचारी पक्राउ

  • 105
    SHARES
  • गैरसरकारी संस्थाका १८ जना कर्मचारी पक्राउ

    एजेन्सी । अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशी सहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ ।

    images

    इन्टरनेशनल असिस्टेन्ट मिसन (आईएएम)ले आफ्ना ती कर्मचारीलाई मध्य अफगानिस्तानको घोर प्रान्तमा रहेको कार्यालयबाट पक्राउ गरेर राजधानी काबुल लगेको बताएको छ ।

    आफ्ना कर्मचारीविरुद्ध लगाइएको अभियोग बारेमा हालसम्म कुनै जानकारी नभएको र त्यससम्बन्धमा कुनै टिप्पणी वा अनुमान गर्न नसकिने आईएएमले आज एक विज्ञप्ति निकालेर भनेको छ ।

    ‘यद्यपी हाम्रो संगठन वा कुनै कर्मचारीविरूद्ध अभियोग लगाइएमा प्रस्तुत गरिएका प्रमाणको स्वतन्त्र रूपमा समीक्षा गर्नेछौँ । हामी स्थानीय संस्कृतिको सम्मान गर्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

    तालिवान अधिकारीहरूले पनि गैससका कर्मचारीलाई हिरासतमा लिइएकोबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । सन्  १९९६ देखि अफगानिस्तानमा आँखा सेवा सञ्चालन गरेको आईएएमले स्वास्थ्यका अन्य विधा र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ ।

    आईएएमको वेबसाइटमा संस्थालाई इशाईका मूल्यमान्यतामा आधारित भनिए पनि  यसले राजनीतिक वा धार्मिक विश्वासका आधारमा सहायता प्रदान नगर्ने स्पष्ट गरेको छ ।

    अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएपछि धेरै पश्चिमासहित अज्ञात संख्यामा विदेशीहरूलाई तालिवान अधिकारीहरूले हिरासतमा लिएका छन् ।

    तालिबान शासकहरूले शरिया कानुन लादेर महिलाहरूलाई गैरसरकारी संस्था र संयुक्त राष्ट्रसंघका निकायमा काम गर्नबाट वञ्चितमात्र गरेका छैनन् अपितु किशोरी र  महिलालाई स्कूल/विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology