Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बेलायतमा नेपालीको नाममा रेल चल्यो 

बेलायतमा नेपालीको नाममा रेल चल्यो 

  • 1.3K
    SHARES
  • बेलायतमा नेपालीको नाममा रेल चल्यो 

    लण्डन । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अंकित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाउएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अंकित एक रेल सञ्चालन गर्ने जनाएको थियो । लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो ।

    images

    बिहान १० बजे सुरु भएको उक्त समारोहमा लामो समयदेखि भूपू गोरखा सैनिकका हक हितका लागि संघर्षरत बेलायतकी चर्चित नायिका जोअना लुम्ले पनि सहभागी थिए । लुम्लेका पिता जेम्स रुथफोर्ड लुम्ले पनि तुलबहादुरसँगैको बटालियनमा कार्यरत थिए ।

    आफू सानै छँदा भिसी पुनलाई भेट्दा आफ्ना बाबाको हालखबर सोधेको र त्यो बेला आफूले बाबा गुमाइसकेको बताउँदा ‘अब तिमी मेरी छोरीसरह नै हौ’ भनेर आफूलाई परिवारकै सदस्यको दर्जामा राखेको भावनात्मक भनाइले मन छोएको कहिलै भुल्न नसकेको नायिका लुम्लेले बताएको गैर-आवसीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले बताए ।

    rel.jpg

    कार्यक्रममा भिसी पुनका सुपुत्र अर्जुन तिलिजा र छोरी मेघकुमारी पुनसहित केही नेपालीको उपस्थिति थियो । भिसी पुनले भिक्टोरिया क्रस प्राप्त गरेको दिनको अवसरमा भएको उक्त कार्यक्रममा नेपाली समाजका धर्म तमाङ, ज्ञानराज राई, कृष्णबहादुर राई, धन गुरुङ, मनीकुमार राई र ग्यारी घलेको उपस्थित थियो ।

    व्यक्तिगत रूपमा तुलबहादुर पुनलाई सम्मान गरेको मात्र नभई यसले नेपाल र नेपालीले गौरव गर्नुपर्ने कार्य भएको फगामीले बताए । बेलायतले नेपालप्रति गरेको सम्मानका रूपमा पनि हेरेको उनको भनाइ थियो ।

    उनले यति राम्रो र उल्लेखनीय कार्य हुँदा यहाँका कुनै सरकारी निकायका प्रतिनिधि तथा भूपू गोर्खाका संठनका प्रतिनिधि र नेपाली संघसंस्थाका प्रतिनिधिलाई समेत सामेल गराउन सकेको भए अझै सुनमा सुगन्ध हुने बताए । तस्बिर मिलन चाम्लिङ राईको फेसबुकबाट 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology