Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

पहिरोका कारण दुई विद्यालय भवन जोखिममा

पहिरोका कारण दुई विद्यालय भवन जोखिममा

  • 56
    SHARES
  • पहिरोका कारण दुई विद्यालय भवन जोखिममा

    बैतडी । पहिरोको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन ।

    images

    दशरथचन्द नगरपालिका-४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका-४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिरोको जोखिममा रहेका हुन ।

    विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिरोको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए । पहिरोका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो ।

    प्रधानाध्यापक कनौजियाले भने, ‘पहिरोले भवन जोखिमका साथै शौचालय जाने बाटो भत्काएको छ । विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको  छ ।’ विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ।

    विद्यालय भवन पहिरोको जोखिममा परेको विषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ।

    कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन । यस्तै जिल्लाको पाटन नगरपालिका-४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिराको जोखिममा परेको छ ।

    उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएकाले जोखिम बढेको हो । कक्षा ८ सम्मको  पढाइ हुने नवदुर्गा आधारभूत विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology