Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

कर्मचारी अभवाले इलाका प्रशासन कार्यालय बन्द

कर्मचारी अभवाले इलाका प्रशासन कार्यालय बन्द

  • 70
    SHARES
  • कर्मचारी अभवाले इलाका प्रशासन कार्यालय बन्द

    हुम्ला । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ ।

    images

    लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन ।

    लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन । कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउनसमेत पाएका छैनन् ।

    कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरु समस्यामा परेको अदानचुली गाउँपालिका-२ तुम्च गाउँका भक्त कुलालले गुनासो गरे । भाइबुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको उनको भनाइ थियो ।

    तुम्च गाउँबाट झन्डै ९ घण्टा हिँडेर सर्केगाड आइपुगेका सेवाग्राहीलाई कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको कुलालले बताए । कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

    कुलालले भने, ‘बच्चासहित नागरिकता बनाउन आएकी मेरी भाइ बुहारीले नागरिकता बनाउन पाइनन् अब दुई दिनको पैदलै सिमकोट पुग्नुपर्ने भयो ।’

    गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई/तीन हजार खर्च हुने गर्दछ तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको हो । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो स्थानीयवासीको थियो ।

    सदरमुकाम सिमकोट पुग्न दुई/तीन दिन लाग्छ । पहिरोले भत्काएको बाटो सहज छैन । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन, स्थानीयवासी दन्तराज कटुवालको दुखेसो व्यक्त गरे ।

    उक्त कार्यालयका लागि गाउँपालिकाबाट सिफारिस ल्याएको उनले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भएकाले कार्यालयप्रति आक्रोश व्यक्त गरे ।

    नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता भएका ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका केशबहादुर रोकायाले पनि गुनासो गर्दै इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द भएकाले खर्च मात्रै भयो, नागरिकता बनेन भने ।

    प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार कार्यालयका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि गत साउन १६ गते सकिएपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो ।

    उनले भदौ १ देखि ७ गतेसम्म सर्केगार्ड बसेर छवटा नागरिकता बनाए जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology