Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

  • 70
    SHARES
  • गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

    कास्की । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।

    images

    नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा-१६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा भदौ २९ देखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको पुलिस क्लबमाथि कठिन जित निकाल्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो ।

    गण्डकीले विभागीय टोली नेपाल पुलिसलाई ३-२ सेटमा हराएको हो । उपाधि विजेता गण्डकीले १ लाख ५० हजार एक सय ११, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो ।

    गत वर्ष पनि यी दुवै टोली फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार आधा÷आधा बाँडेर लिएका थिए । सोमबार फाइनल खेल सुरु भए पनि अँध्यारोका कारण खेल रोकिएको थियो ।

    फाइनलमा पहिलो सेट २५-२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो । गण्डकी दोस्रो सेट २५-१९ अङ्कले जितेर बराबरी खेल्यो । तेस्रो सेट पुलिसले २५-२१ मा जिते पनि त्यसपछिका दुई सेट लगातार पराजित हुन पुग्यो ।

    प्रतिस्पर्धात्मक खेलको चौथो सेट गण्डकीले २८-२६ मा जित्यो भने अन्तिम सेट १५-११ अंकले प्रहरीलाई निरास बनायो । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको पुलिसले रु एक लाख एक सय ११  पुरस्कार पायो ।

    प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले तृतीय हुँदै रु  ५० हजार पुरस्कार पायो । प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

    यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर) र रमेश केसी (बेस्ट कोचं) घोषित भएका छन् ।

    पुलिसका कुलबहादुर थापा (बेस्ट सर्भरं), अभिषेक थापा (बेस्ट सेटर) र भीम गाहा (बेस्ट लिबेरो) घोषित भएको प्रतियोगिताका रेफ्री टहलसिंह थापाले जानकारी दिए ।

    महिलातर्फ भने विभागीय नेपाल पुलिस क्लबले सोमबार उपाधि जितेको थियो । प्रहरीले फाइनलमा काठमाडौँको न्यूू डायमण्डलाई ३-१ सेटमा हराउँदै उपाधि जितेको हो ।

    नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीज पर्वका अवसरमा २५औँ संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत १०औँ संस्करणको लामाचौर कप राष्ट्रिय भलिबल आयोजना गरेको हो ।

    राष्ट्रिय भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यू डायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका थिए । 

    पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology