सुदूरपश्चिम । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा पौडेलले स्व सुवासको नेतृत्वदायी भूमिकाकै कारण जारी हुन सफल भएको यो संविधानको रक्षा र सार्थक कार्यान्वयनको जिम्मेवारी पनि हाम्रै काँधमा आएको बताए ।
दुनियाँका उत्कृष्ट लोकतान्त्रिक संविधानको सूचीमा नेपालको संविधान रहेको उल्लेख गर्दै उनले भने, ‘यो संविधान निर्माणमा स्व.नेम्वाङले खेल्नुभएको भूमिका अतुलनीय छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology