काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन रहेका शिक्षकहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसँग वार्तामा बसेका छन् ।
आज बिहान ८ बजेदेखि सुरु भएको वार्तामा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहितका पदाधिकारी र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी लगायत सहभागी छन् ।
उक्त वार्तामा शिक्षकका माग मुद्दामा छलफल भइरहेको महासंघले जनाएको छ ।
संसद सचिलयमा दर्ता भएको शिक्षा विधेयक खारेज हुनुपनर्ने माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले बुधबार काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिसम्म प्रदर्शन गरेका थिए ।
उक्त विरोध प्रदर्शनलाई आज पनि निरन्तरता दिने तयारीमा शिक्षकहरू छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology