Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

भारततर्फ लैजान लागेको १० किलो गाँजासहित दुई जना पक्राउ 

भारततर्फ लैजान लागेको १० किलो गाँजासहित दुई जना पक्राउ 

  • 469
    SHARES
  • भारततर्फ लैजान लागेको १० किलो गाँजासहित दुई जना पक्राउ 

    सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ बाट सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

    images

    भारततर्फ लैजान थालेको अवस्थामा भारतीय सीमा नजिक सशस्त्र प्रहरीले जाँच गर्दा गाँजा फेला परेको हो । पर्सा गाउँपालिका–६ बस्ने ४५ वर्षीया सुदामादेवीले बोरामा हालेर टाउकोमा बोकी भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले चेकपोष्टले रोकेपछि उनी बोरा छाडेर भागेकी थिइन । विशेष सुराकी पाएर सशस्त्रले उक्त स्थानमा चेक पाेष्ट राखेर लागूऔषधमा कडा निगरानी राखेकाे थियाे । गाँजाकाे बाेरा छाडेर भागेकी सुदामालाई सशस्त्रले पिछा गर्दै नियन्त्रणमा लिएकाे थियाे । पक्राउ परेकी सुदामाकै बयानकाे आधारमा गाँजा व्यापारमा संलग्न सोही ठाउँका ५० वर्षीय राजकिशोर महतोलाई पनि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

    सुदामादेवीको साथबाट बरामद गाँजा १० किलो २ सय ग्राम गाजाँसहित पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको गुरुङले बताए । 

  • सम्बन्धित विषय:

  • # गाँजा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology