Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

साफ यू-१९ च्याम्पियनसीपमा भारतसँग बंगलादेश पराजित

साफ यू-१९ च्याम्पियनसीपमा भारतसँग बंगलादेश पराजित

  • 251
    SHARES
  • साफ यू-१९ च्याम्पियनसीपमा भारतसँग बंगलादेश पराजित

    काठमाडौं । राजधानीमा आजदेखि सुरु भएको साफ यू-१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा भारतले बङ्गलादेशलाई ३-० को गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

    भारतको जितमा गुग्मसार गोयारी, नाओबा पङ्गमबम र अर्जुनसिंह ओइनामले समान एक-एक गोल गरे । भारतले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । भारतका लागि गुग्मसार गोयारीले गोल गरे ।

    त्यस्तै भारतले खेलको पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्यो । नाओबा पङ्गमबमले बङ्गलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिस गर्दै गोल गरेका हुन् ।

    यसैगरी भारतले खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुनसिंह ओइनामले खेलको ९०औँ मिनेटमा तेस्रो गोल गरे ।

    यस जितसँगै समूह ‘बी’मा रहेको भारतले तीन अंक जोडेको छ । समूह ‘बी’मा भारत, बंगलादेश र भुटान रहेका छन् । त्यस्तै समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij