Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालिन कर्फ्यू

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालिन कर्फ्यू

  • 232
    SHARES
  • सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालिन कर्फ्यू

    सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा बिहीबार रातिदेखि अनिश्चितकालिन कर्फ्यू आदेश जारी भएको छ । गणेश मुर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाउनु पर्ने अवस्था सृजना भएको हो ।

    images

    झडपका क्रममा आधा दर्जन जना घाइते भएका छन् । केही प्रहरीलाई पनि चोटपटक लागेको छ । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । अवस्था तनावग्रस्त हुन थालेपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मलंगवा नगरपालिकाको केही क्षेत्रमाा अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । 

    पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा भारत सीमा, र उत्तरमा बाबा पेट्रोल पम्प क्षेत्रमा हिडडुलसमेत निषेध गरिएको छ । यसअघि कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा पनि मलंगवामा झडप भएको थियो । त्यसबेला पनि मलंगवामा कर्फ्यूआदेश जारी गरिएको थियो । त्यसपछि पनि केही अवधिसम्म निषेधाज्ञा जारी गरिएको थियो । 

    हरेक चाडवाडमा झडप हुने अवस्था आउनुले मलंगवाबासी चिन्तीत बनेका छन् । दोषीलाई कारबाही गरे यस्तो अवस्था नदोहोरिने स्थानीयको भनाइ छ । 

    karfyu sarlahi.jpg

  • सम्बन्धित विषय:

  • # कर्फ्यू

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology