Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

सर्लाही सदरमुकाम मलंगवामा आज तेस्रो दिन पनि कर्फ्यु जारी 

सर्लाही सदरमुकाम मलंगवामा आज तेस्रो दिन पनि कर्फ्यु जारी 

  • 527
    SHARES
  • सर्लाही सदरमुकाम मलंगवामा आज तेस्रो दिन पनि कर्फ्यु जारी 

    सर्लाही । गणेश मुर्ती सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच झडप तथा बिबादले उग्ररुप लिएपछि  मलंगवा नगरपालिकामा बिहीबार राती १० बजे देखि लगाइएको कर्फ्यु आज पनि जारी छ ।

    images

    हिजो शुक्रबार कर्फ्युको अवज्ञा गर्दै स्थानीय युवाहरूको समूहले जिल्ला प्रशासन कार्यालय घेराउ गरि ढुङ्गा मुढा गरेको थियो । भिडलाइ तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्यास समेत चलाउनु परेको थियो ।

    शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यमा बसेको सर्वदलीय समन्वय सहजीकरण  बैठकले ६ बुंदे सहमति पारित गरेको र सोही अनुसार मलंगवामा बिसर्जन रोकिएको गणेश भगवानको मूर्तिलाई बेलुका ५ बजे देखि ७ बजे भित्र कडा सुरक्षाका साथ सेलाउने काम सप्पन्न गरिएको थियो । 

    आज तेस्रो दिन शनिबार पनि अनिश्चितकालीन कर्फ्युले जनजीवन सामान्य हुन सकेको छैन भन्ने बजार पुर्णरुपमा बन्द रहेको छ । आर्थिक मन्दीबाट देशकै अर्थतन्त्र कमजोर भएको अवस्थामा दुई समुदाय बीचको द्वन्दले सर्लाहीको मलंगवा सहित आसपासको क्षेत्र पुर्णरुपमा प्रभावित भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology