Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

गोजु काई खुल्ला करातेमा नगदेश डोजो च्याम्पियन

गोजु काई खुल्ला करातेमा नगदेश डोजो च्याम्पियन

  • 1.0K
    SHARES
  • गोजु काई खुल्ला करातेमा नगदेश डोजो च्याम्पियन

    काठमाडौं । बालुवाटारस्थित चिल्ड्रेन्स मोडेल हाई स्कुलको आयोजनामा सञ्चालित दुई दिने १५ औँ गोजु काई खुल्ला कराते प्रतियोगितामा नगदेश डोजो टिम च्याम्पियन भएको छ ।

    images

    कुल पाँच स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित नगदेश डोजोले उपाधि प्राप्त गरेको हो । त्यसैगरी दोस्रो स्थान ठैव डोजोले चार स्वर्ण, चार रजत र पाँच कास्य जित्दै हासिल गर्‍यो । अर्कोतर्फ तेस्रो स्थानको हायासी हा डोजोले तीन स्वर्ण, पाँच रजत र तीन कास्यपदक प्राप्त गर्‍यो ।

    यसैबीच प्रतियोगिता समापनका अवसरमा विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कृत गरियो । प्रदिप श्रेष्ठ पुरुषतर्फको विधामा उत्कृष्ट खेलाडी घोषित हुँदा महिला तर्फ सलिना तामाङ उत्कृष्ट भइन् । उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुलाई गोजु काई करातेका उपाध्यक्ष एवम् समाजसेवी जनार्दन उप्रतीले सम्मानसहित नगद पाँच हजार रुपैयाँ प्रदान गरे ।

  • सम्बन्धित विषय:

  • # गोजु काई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology