Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

  • 280
    SHARES
  • डेंगु संक्रमणबाट एक जनाको मृत्यु

    उदयपुर । उदयपुरको बेलका नगरपालिका-५ खारखोलाको एक पुरुषको डेंगु सक्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेंगु संक्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

    गत सातादेखि डेंगु संक्रमणबाट सिकिस्त बिरामी भएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो । घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो ।

    लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका नगरप्रमुख कार्कीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेंगु संक्रमण देखा परेपछि हालसम्ममा तीन जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा संक्रमित भइसकेका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij