Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

  • 225
    SHARES
  • सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

    बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका-१ की २३ वर्षीया सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन्द भएपछि उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको हो ।

    राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपानी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाइ छ ।

    गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीका अनुसार रोकाया आज बिहान विच्छ्याँ स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी थिइन् । बच्चा जन्मिएको चार घण्टासम्म पनि रक्तस्राव नरोकिएपछि उनको उद्धार गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij