Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाँकेमा पाटेबाघ मृत भेटियो

बाँकेमा पाटेबाघ मृत भेटियो

  • 193
    SHARES
  • बाँकेमा पाटेबाघ मृत भेटियो

    बाँके । बाँकेमा मृतावस्थामा बाघ भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए ।

    स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो ।

    बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति पुर्याएको खड्काले बताए । उनका अनुसार मृत बाघले असोज १ गते स्थानीय ठगुलाल थारुको भैँसी, २ गते डिलबहादुर थारुको गाई, ६, गते अमरबहादुर वलीको बाख्रा, ८ गते पुंगीराम थारुको भैँसी, त्यसैगरी ८ गते नै धनवीर थारुको गोरु र मंगलबार भीमराजको दुई वटा बाख्रालाई आक्रमण गरेको थियो ।

    गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए ।

    मृतावस्थामा भेटिनुपूर्व बाघको नियमन संयुक्तरूपमा बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गरिरहेको पनि उनले बताए ।

    उनले भने, ‘बाघ गाउँमा पसेको खबर स्थानीयवासीले गरेपछि हामीले स्थानीयवासीलाई सजग रहन आग्रह गरेका थियौँ । अहिले अचानक बाघ मृत फेला परेको खबर थाहा पायौँ । बाघलाई कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषय भोलिको परीक्षण रिपोर्टले बताउँछ तर अहिले नै बाघको मृत्यु के कारणले र कसरी भएको हो भन्ने विषयमा केही भन्न सकिँदैन ।’

    निकुञ्ज संरक्षण अधिकृत शाहका अनुसार मृतक पाटे बाघको परीक्षण बुधबार गरिनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij