Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

शेयर बजारमा १८ अंकको गिरावट 

शेयर बजारमा १८ अंकको गिरावट 

  • 102
    SHARES
  • शेयर बजारमा १८ अंकको गिरावट 
    काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अंकले घटेर दुई हजार चार दशमलव ३० अंकमा कायम भएको छ ।
     
    यसदिन विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा कारोबार भएका छन । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ ।
     
    आजको कारोबारमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९० प्रतिशत, एसियन हाइड्रोपावर लिमिटेडको सात दशमलव ९१ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ६० प्रतिशतले बढेको छ ।
     
    साथै लक्ष्मी भ्यालु फण्ड-२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने शुभव पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।
     
    आज कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सात करोड ६२ लाख २३ हजार सात सय ३२ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको तीन लाख ८१ हजार पाँच सय ४८ कित्ता शेयर किनबेच भएको छ ।
     
    कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ३८ अर्ब ६९ करोड ४० लाख ८४ हजार छ सय ९४ पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology