Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

  • 285
    SHARES
  • सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

    बाजुरा । जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई बच्चालाई जन्म दिएकी सुत्केरीको बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    बडीमालिका नगरपालिका-९ मार्तडीकी १८ वर्षीया ललिता नेपालीको शल्यक्रिया गरेर बच्चा निकालेपछि मुर्छा पर्ने, बेहोस हुनेलगायतका लक्षण देखा पर्ने थालेपछि अन्य अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी  नृपराज गिरीले बताए ।

    सुत्केरी नेपालीको जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई नवजात शिशुको निकालिएको थियो ।

    अस्पताल बाजुराले रिफर गरेर जिल्लामा उपचार सम्भव नभएको प्रशासनलाई जानकारीपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

    महिलाको अवस्था गम्भीर भएकाले महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

    उनले सुत्केरीको ज्यान खतरामा भएकाले नेपालगञ्ज लैजाने गरी नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए ।

    मंगलबार नेपाली सेनाको हेलिकप्टरमा हिमाली गाउँपालिका-१ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि उद्धार गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुत्केरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij