Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड बजेट विनियोजन

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड बजेट विनियोजन

  • 329
    SHARES
  • भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड बजेट विनियोजन

    चितवन । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।

    २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै छ ।

    गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाईसँगै वृक्षरोपण गर्न थालिएको छ । यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षरोपण भइरहेको छ ।

    महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाईसँगै वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको बताइन् ।

    यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको नगरप्रमुख दाहालले जानकारी दिइन् । नगरप्रमुख दाहालले भनिन्, ‘हरियाली प्रवर्द्धन र सरसफाई अभियानअन्तर्गत यही वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना रहेको छ ।’

    वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गर्ने, सरसफाई गर्ने छन । सोभन्दा फराकिला सडकमा महानगरले वृक्षरोपण र सरसफाई गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो ।

    हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन । यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षरोपण गर्न लागिएको दाहालले बताइन् । हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ ।

    वृक्षरोपण र सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष एवम् सदस्य, सम्बन्धित टोलका प्रतिनिधि एवम् स्थानीय सहभागी भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij