Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

स्पेनमा महिला हिंसा बढ्याे

स्पेनमा महिला हिंसा बढ्याे

  • 639
    SHARES
  • स्पेनमा महिला हिंसा बढ्याे

    म्याड्रिड । स्पेनमा महिलाविरुद्ध हुने यौन हिंसा एवं लैंगिक भेदभावका घटना तीव्र वृद्धि भएको छ । पछिल्लो एक महिनामा १३ महिलाको आफ्नै पार्टनर वा पूर्व पार्टनरबाट हत्या भएको छ । यसमा तीन हत्या केवल एक दिनमा भएका छन् । एक रिपोर्टअनुसार पुरुषबाट हुने हिंसाका शिकार भएका महिलाले त्यसअघि प्रहरीमा उजुरी गरेका थिएनन् ।

    images

    यी हत्याको विरोधमा महिलाहरु सडकमा उत्रिएका छन् । गत साता स्पेनका २५० स्थानमा साना-ठूला प्रदर्शन भए । म्याड्रिडको फेमिनिस्ट मुभमेन्टकी मार्ता कार्रामिनानाले ती हिंस्रक पुरुषहरु कट्टर पुरुषवादी मानसिकता भएकाले महिलामाथि ज्यादती गर्न मन पराउने खालका भएको बताइन्, 'महिलाहरु मरिरहेका छन्, हामी विश्वलाई यही बताउन प्रदर्शन गरिरहेका छौं ।'

    प्रदर्शन गरिरहेका महिलाहरुले आक्रमणकारीविरुद्ध शुन्य सहनशिलताको नीति अपनाउन माग गरेका छन् । स्पेनमा गत महिना एक पिताले ६ वर्ष र एक वर्षका दुई छोरीको हत्या गरेपछि महिलाहरु सडकमा निस्किएर प्रदर्शन सुरु गरेका थिए । उक्त घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार आफ्नी श्रीमतीलाई दुख दिने नियतले उनले आफ्ना छोरीको हत्या गरे ।

    सन् २००३ देखि अहिलेसम्म स्पेनमा ३९ बालिका आफ्नै बुवाको हातबाट मारिएका छन् । महिलामाथि हुने हिंसाका बारेमा स्पेनका महिला मन्त्री भिक्टोरिया रसेल कोभिड १९ जस्तै महिला हिंसा पनि एक महामारी भएको बताउँछिन् । जानकारका अनुसार हाल अपराध बढ्नुको पछाडि कोरोना भाइरसको महामारीले भएको लकडाउन पनि मुख्य कारण हो । लकडाउनमा लागू गरिएका प्रतिबन्ध हटाएपछि यी घटनामा केही हदसम्म कमी आउन सक्ने छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology