वेबटिभी खबर
हेटौँडा । हेटौँडामा आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा-१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना७ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर घाइते भएकाको परिचय नखुेको र उनीहरूलाई उद्धार गरेर उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij