Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई दुई लाख जरिवाना

म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई दुई लाख जरिवाना

  • 153
    SHARES
  • म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई दुई लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई दुई लाख जरिवाना गरेको छ ।

    आज बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा.अवधेश झाले जानकारी दिए ।

    अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ ।

    महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ ।

    विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।

  • सम्बन्धित विषय:

  • # जरिवाना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij