वेबटिभी खबर
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका-५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन ।
भक्तपुरबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा९७प२९५० नंको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका-८ घर भई हाल सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर घाइते भएका छन । घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको पाठकले बताए ।
घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij