वेबटिभी खबर
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि मंगलबार संघीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।
कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतंकवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij