Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रदेशसभामा संघीय सरकारको ध्यानाकर्षण प्रस्ताव

प्रदेशसभामा संघीय सरकारको ध्यानाकर्षण प्रस्ताव

  • 307
    SHARES
  • प्रदेशसभामा संघीय सरकारको ध्यानाकर्षण प्रस्ताव

    मकवानपुर । बाग्मती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले काठमाडौं-धादिङ सुरुङमार्ग निर्माणका क्रममा स्थानीयवासीले झेल्नु परेका समस्याबारे संघीय सरकारको ध्यानाकर्षण गराउँदै प्रस्ताव प्रस्तुत गरेका छन् ।

    सुरुङमार्ग निर्माणको क्रममा त्यस भेगका करिब एक हजार दुई सय परिवारले स्वच्छ पानीको अभाव झेल्नु परेकाले संघीय सरकारले उनीहरुको समस्यालाई यथाशीघ्र समाधान गर्न प्रदेशसभा सदस्य पोखरेलले आग्रह गरे ।

    ती क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सिँचाइको व्यवस्था गर्न र वातावरण प्रदूषण नियन्त्रण गरी प्रभावित क्षेत्रका विपन्न नागरिकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनेतर्फ संघीय सरकारले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए ।

    सभामुख भुवनकुमार पाठकले उनको ध्यानाकर्षण प्रस्तावलाई संघीय सरकारको ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउन प्रदेश सरकारलाई निर्देशन दिए । बैठकको अध्यक्षता सभामुख पाठकले गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij