वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भइ अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ ।
सो अन्तर्गत सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित ९शर्मा०लाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो ।
बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरु सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग अन्तर्गत रहने छन् । एक पटकको लागि मात्र विशेष पद र दरबन्दी सिर्जना गरि एक तह पदोन्नती गरिएको हो ।
ढुंगाना र शर्मा द्वन्द्व कालमा विद्युतिय धरापमा परि गम्भीर घाइते भइ अंगभंग भएको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बल नेपालको संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागू भएको हो । साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अन्तर्गत क्रमशः सम्बोधन गरिदै लैजाने योजना छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij