Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’ 

‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’ 

  • 221
    SHARES
  • ‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’ 

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका प्रत्यासी डा बद्री केसी अहिले चुनावी अभियानमा जुटेका छन् । अघिल्लो पटक संकट व्यवस्थापनका लागि चुनाव नगरी सहमतिमा आलोपालो पद्धति अन्तर्गत तीन जनालाई एनआरएनको अध्यक्ष बनाइएको थियो । तत्कालीन संकट व्यवस्थापनका लागि बनाएको समितिले खासै काम गर्न सकेन । तीन जना अध्यक्ष मध्येका केसीले यसपटक पुनः अध्यक्षमा उम्मेदवारी दिएका छन् । एनआरएनलाई गर्विलो संस्था बनाउनका लागि आफूले उम्मेदवारी दिएको केसीको दावी छ । वेबटिभी खबरले केसीसँग उनको उम्मेदवारी, एनआरएनको नेतृत्वमा पुगेर गर्ने काम, संस्थाको गरिमा फर्काउन उनले गर्ने प्रयास लायतका विषयमा गरेको कुराकानीको सम्पादित अंशः 

    images

    तपाईंको यस पटक उम्मेदवारी किन ? 

    गैर आवासीय नेपाली संघमा राजनीति हावी हुनु कसैको हितमा छैन । गएको कार्यकाल सहमतिमा बनेको हो । उम्मेदवारीमा इच्छा राखेका साथीहरू सबैलाई पद दिएर क्राइसिस म्यानेजमेन्टको कार्यसमिति बनेको थियो । विगत १८ महिना संस्थामा भएका समस्या हल गर्नेतर्फ मात्र गयौँ । एजेण्डामा प्रवेश नै गरेनौँ ।

     हामीले चाहेको वंशजको नागरिकता निरन्तर होस भन्ने हो । हामी त्यसको लागि पहल गर्छाैंएनआरएन नागरिकता वंशजको आधारमा निरन्तर हुनुपर्छ भन्ने हाम्रो भनाइ छ ।

    त्यसैले मैले अर्को कार्यकालका लागि अध्यक्षको उम्मेदवारी प्रस्तुत गरेको छु । वास्तवमा भन्दाखेरि यो १८ महिनाको कार्यकाल संस्थाका लागि र हामी व्यक्तिका लागि पनि कुनै सृजनात्मक काम गर्ने समय रहेन । त्यसकारण पनि फेरि मैले उम्मेदवारी दिएको छु । 

    तपाईंले आफ्नो चुनावी नारामा समृद्धि र रूपान्तरणलाई जोड दिनु भएको छ । यी त भारी शब्द हुन्, कसरी कार्यन्वयन सम्भव छ ? 

    अहिले ६० लाख नेपाली विदेशमा छन् । विदेशमा बस्नु हुने नेपाली अधिकांश २० देखि ४५ वर्ष उमेर समुहको हुनुहुन्छ । पाखुरामा बल भएका, नाैजवान हुनुहुन्छ । जो नेपालमै बस्नु राम्रो हुने थियो । देश विकासका लागि यो उमेर समूहका मानिस देशमा बस्नु पर्ने थियो । तर अहिले उहाँहरु विदेशलाई हराभरा बनाइराख्नु भएको छ । यो प्रथा (युवा विदेशिने) लाई रोकेनौँ भने देश कसैले बनाउन सक्दैन । त्यसका लागि गैरआवासीय नेपालीले देशबासी सँगै जोडिएर काम गर्नु जरुरी छ ।

     नेपालीले विदेशमा बस्दा कमाएको पूँजी र सीप नेपालमा लगानी गर्नुपर्छ । यसको व्यवस्थापन गर्न एनआरएनले मात्र सक्छ ।

    नेपालीले विदेशमा बस्दा कमाएको पूँजी र सीप नेपालमा लगानी गर्नुपर्छ । यसको व्यवस्थापन गर्न एनआरएनले मात्र सक्छ । विदेशमा जाने नेपाली वाध्यताका कारण जानु भएको छ । कुनै च्वाइस छैन । त्यसैले नेपालमै सिप सिकेर जाँदा बढी आम्दानी हुन्छ । विदेश जाँदा जी टु जी (दुबै देशको सरकारबीच) सम्झौता गरेर जाँदा अझ राम्रो हुन्छ । विदेशमा काम गर्दा ८ घण्टाभन्दा बढी काम गरेको ओभरटाइम पाउने जस्ता नीति हुनुपर्छ । समस्या कहाँ–कहाँ छन भन्ने हामीलाई थाहा छ । समाधानका लागि नेपाल सरकार र हामी मिलेर काम गर्छौँ । 

    एनआरएनको नागरिकता एजेण्डा कुन हदसम्म सफलीभूत भयो? 

    गैरआवासीय नेपाली संघले सँधै उठाउँदै आएको कुरा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ । अथवा विदेशी भूमिमा गए पनि नेपाली नागरिकताको निरन्तरता रहिरहनु पर्छ भन्ने हो । विदेशमा बसे पनि नेपाली नागरिकता रहिरहनु पर्छ भन्ने हाम्रो आवाज हो । २०७२ सालको संविधानमा यो कुरा उल्लेख गराउन हामी सफल भयौँ । र अहिले नागरिकता ऐन बनेर गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधान आइसकेको छ । यद्यपि कार्यविधि बनी नसकेकाले हामीले त्यो नागरिकता पाएका छैनौँ । अहिले आएको नागरिकता भनेको सीमित अधिकारको मात्र नागरिकता हो । त्यसमा आर्थिक समाजिक र सांस्कृतिक अधिकार मात्र भनिएको छ । त्यो भनेको के हो भन्ने स्पष्ट भइसकेका छैन । हामीले चाहेको वंशजको नागरिकता निरन्तर होस भन्ने हो । हामी त्यसको लागि पहल गर्छौँ । एनआरएन नागरिकता वंशजको आधारमा निरन्तर हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । 

    badri kc 1.jpg

    एनआरएन अभियानमा किन यति धेरै राजनीतिक हस्तक्षेप हुँदै आएको हो ? 

    यो संस्था गैर राजनीतिक, जात र धर्मभन्दा माथि उठ्नुपर्छ । यो संस्थामा राजनीति हुनु हुँदैन । संस्थामा प्रवेश गर्दा राजनीतिक टोपी र जुत्ता बाहिर खोलेर आउनु पर्छ भन्ने हामी सबैको मान्यता हो । यद्यपि विदेशमा बस्ने ८० लाख नेपालीलाई नेतृत्व गर्ने संस्थाप्रति नेपालको राजनीतिक पार्टीको चासो हुनु स्वभाविक हो । यो भन्दा अघिल्लो पल्ट चुनाव हुन नसक्नुको कारण पनि त्यही हो । अहिले हामी त्यसमा असाध्यै सजग छौं । यो संस्थामा दलगत राजनीति हुँदा न संस्थालाई फाइदा छ, न नेपाल सरकारलाई फाइदा छ, न नेपालका राजनीतिक पार्टीलाई फाइदा छ । त्यसैलै हामी सबैको अनुरोध यो संस्थालाई दलगत राजनीति भन्दा माथि राखिदिनुहोस् भन्ने हुन्छ । 

    नेपाल छिट्टै बन्छ भन्नुहुन्छ तपाईंहरू । तर यहाँको राजनीतिले त्यसको छेकछन्दै दिन्न । तपाईंहरूला लागेको चाहिँ के हो ? 

    नेपाल देश असाध्यै राम्रो छ । प्रकृतिमात्रै हैन, कला, इतिहास, संस्कृतिका हिसाबले, सम्पदाले हाम्रो देश कति धनी छ भन्ने विदेशमा बसेपछि मात्र थाहा हुन्छ । वास्तवमा नेपाल संसारका सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर र सबैभन्दा उत्तम देश हो । पछिल्लो समय भौतिक विकास नभएर मात्र हामी पछि परेका हौं । भौतिक विकासका लागि धेरै समय लाग्दैन, केही वर्षमै धेरै गर्न सकिन्छ । नेपालमा भौतिक विकास हुन सक्यो भने नेपालीहरू कामै गर्न विदेश जानुपर्ने वाध्यता घट्छ । यति गर्न सक्यौँ भने नेपाल संसारकै राम्रो र सुन्दर देश हुन्छ ।

     यो संस्थामा दलगत राजनीति हुँदा न संस्थालाई फाइदा छ, न नेपाल सरकारलाई फाइदा छ, न नेपालका राजनीतिक पार्टीलाई फाइदा छ । त्यसैले हामी सबैको अनुरोध यो संस्थालाई दलगत राजनीति भन्दा माथि राखिदिनुहोस् भन्ने हुन्छ । 

    हाम्रो देश सर्वोच्च शिखर सगरमाथा भएको देश हो । सौन्दर्य त छँदैछ, नेपाल धार्मिक हिसाबले पनि तपोभूमि हो । बुद्ध जन्मिएको देश हो । संसारलाई यो कुरा बुझाउनै सकेका छैनौँ । बुद्ध नेपालमा जन्मिएको बुझाउनै सकेका छैनौँ । वास्तवमा नेपालको राम्रो कुरा मार्केटिङ गर्नै सकेका छैनौँ । नेपालमा एनआरएनले गर्ने सहयोग निशर्त हो । यो हाम्रो मातृभूमि हो, यो हाम्रो जन्मभूमि हो । यहाँ हामीले गर्नु पर्ने सहयोग अनकण्डिसनल हुन्छ । निस्वार्थ र निसर्त । यहाँको राजनीति स्थिर होस् वा नहोस् हामी अनवरत रुपमा सहयोगका लागि लागेका हुन्छौं । माओवादी द्धन्द्धका बेला हाम्रो संस्था खडा भएको हो । किन भने हामीले गरेनौँ भने विदेशीले यहाँ आएर गर्दैन । विदेशीले यहाँ आउने भनेको नाफा कमाउन हो । विदेशी स्वार्थले मात्र आउने हो, हामीले निस्वार्थ भावले गर्ने हो । हामी जुनसुकै हालतमा हाम्रो देशलाई सहयोग गर्न तयार छौं । संस्था खडा भएको २० वर्षमा अरबौं रुपैयाँको च्यारिटी गरिसकेका छौं । गैरआवासीय नेपालीको लगानी खर्बौं रुपैयाँभन्दा बढी छ । यो कुरा हामी नेपालमा जुनसुकै अवस्था आए पनि निरन्तर जारी राख्छौँ । यसका लागि हामीले कुनै कण्डिसन राखेका छैनौँ । हामीले चाहना गर्छौँ कि यहाँ राजनीतिक स्थिरता होस्, हामीले चाहना गर्छौ कि नेपाल सरकारले एनआरएनको चाहना बुझोस् । 

    नेताहरूले नेपाललाई स्विट्जरल्याण्ड र सिंगापुर बनाउँछौं भनेको यो वास्तवमा झुठा कुरा होइन । त्यो बनाउन धेरै गारो छैन । सिंगापुर हाम्रै जस्तो देश हो । त्यहाँ बाटोघाटो छन्, स्कुल अस्पताल बनेका छन् । त्यहाँका जनताले मेहनत गर्न सिकेका छन् । सिंगापुरको कहानी पनि त्यस्तै हो । त्यो पनि २०–३० वर्षमा बनेको हो । त्यसकारण नेपाल ती देशभन्दा राम्रो, ती देशभन्दा समृद्ध र अरु संसारलाई उदाहरण दिने देश बन्न सक्छ ।

    तपाईंको एनआरएनमा जित्ने आधार के हो ?

    मेरो यो अभियानमा आवद्धता २० वर्षदेखिको हो । साधारण सदस्यदेखि लिएर राष्ट्रिय समन्वय समिति रसियाको महासचिव, दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव, एक कार्यकाल उपाध्यक्ष भएर अहिले विपद् व्यवस्थापनको पनि अध्यक्ष छु । संस्थामा एउटै व्यक्तिले यति धेरै अनुभव लिएको अर्को व्यक्ति छैन । मेरो अनुभव, कार्यक्षमता सबै साथीहरूले मूल्यांकन गर्नु भएको छ । त्यसैले म चुनाव जित्छु भन्नेमा विश्वस्त छु । २० वर्षमा संस्थाले गरेको उपलब्धि अहिले अलिकति संकटमा परेको छ । अघिल्लो निर्वाचन सम्पन्न हुन सकेन । एनआरएनमा तीन जना अध्यक्ष बन्ने अवस्थासम्म बन्यो । त्यसले संस्थामाथि केही संकट आएजस्तो भयो । संस्थाको एकता जोगाउन त्यसवेला उक्त कदम चालिएको थियो । हामी विदेशमा बस्ने नेपालीहरू विभाजित भएर गयौँ भने न हामीले हाम्रो समस्या विदेशमा समाधान गर्न सक्छौँ न समृद्ध नेपाल बनाउनका लागि नेपालसँग जोडिन सक्छौँ । त्यसकारणले पनि अब हाम्रो ट्रयाक भन्दा बाहिर गएको संस्थालाई फेरि ट्रयाकमा ल्याउन जरुरी छ । गिरेको साखलाई फिर्ता ल्याउन जरुरी छ । हामीले हाम्रा गौरवलाई जोगाउनु पर्ने जरुरी छ । त्यसैले लामो अनुभव भएको मजस्तो अनुभवी व्यक्तिलाई जिताएर साथीहरूले यो संस्थालाई फेरि गौरवशाली संस्था बनाउनु हुन्छ भनेर मैले उम्मेदवारी दिएको हुँ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology